+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
१०० बलमा ९९ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
22/0 (3.2)
Shares

बागमतीमा मन्त्रालय फुटाइयो, मन्त्री चित्रकारले साढे २ महिनापछि पाए जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १७:०२

२१ साउन, काठमाडौं । बागमतीमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । कांग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।

चित्रकार कांग्रेसका संसदीय दलका उपनेता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?