
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई किन पक्राउ गरेको हो भन्ने बुझेपछि औपचारिक धारणा बनाउने बताएका छन् ।
मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई प्रहरीले नक्कली सर्टिफिकेटबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको छ ।
बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । बैठकपछि प्रमुख सचेतक लेखकले भने, ‘के कारणले किन पक्राउ गरेका रहेछ भन्ने थाहा पाइसकेपछि आफ्नो धारणा बनाउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4