पूर्वविजेता जापानलाई हराउँदै स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा
२०८० साउन २६ गते १५:३८
२६ साउन, काठमाडौं । पूर्वविजेता जापानलाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
जापानलाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको स्वीडेनले अब स्पेनसँग खेल्ने छ ।
३२ औं मिनेटमा अमान्दा इलिस्टेडको गोलबाट अग्रता लिएको स्वीडेनले ५१ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारेको थियो ।
५१ औं मिनेटमा भीएआरमा जापानकी नागानोले पेनाल्टी एरियामा ह्याण्ड गरेको देखिएपछि पाएको पेनाल्टीलाई फिलिप्पा एन्जेल्दाले सदुपयोग गरेकी थिइन् ।
तर जापानले पेनाल्टी पाए पनि त्यसमा रिको युकीले गोल गर्न सकिनन् । जापानले ७६ औं मिनेटमा पेनाल्टी पाएको थियो ।
खेल सकिन ३ मिनेट बाँकी छँदा होनोको हयासीले गोल गरे पनि त्यो गोलले जापानको हार टार्न सकेन ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4