 
																			३१ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा युवाहरुका लगि अथाह अवसर रहेको बताएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री महतले भने, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुक्ष्म आँखा चाहिन्छ ।’
विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवा मुक्त हुनुपर्ने उनले बताए । ‘यहाँ अवसर अथाह छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ’ उनले भने ।
मन्त्री महतले युवाले देशभित्रै अवसर खोज्न थाले विदेशमा भन्दा नेपालमै भविष्य राम्रो हुने दाबी गरे । ‘विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’, उनले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’
नेपालमा कुनै व्यक्तिले नयाँ काम सुरु गरे अरुले पनि त्यसमै पछ्याउने गरेको देखिएको भन्दै मन्त्री महतले युवाले नयाँ नयाँ अवसर खोज्नुपर्ने धारणा राखे । हरेक व्यक्तिमा केही न केही क्षमता हुने भन्दै उनले युवाले आफ्नो क्षमता पहिचान गर्न सक्नुपर्ने धारणा राखे ।
नेपालमा सूचना प्रविधिको क्षेत्रमा धेरै काम गर्ने सम्भावना रहेको पनि मन्त्री महतले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4