+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राप्रपाले आलोपालोमा मुख्यमन्त्री र सभामुख पनि लिन मानेन : मुख्यमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १७:०५

४ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राप्रपासँग सहकार्यको सबै प्रयास असफल भएको बताएका छन् ।

सोमबार कोशी प्रदेशसभामा आफ्नो विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले राप्रपाले मुख्यमन्त्री र सभामुख पनि लिन नमानेको बताएका हुन् ।

त्यसका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पटक पटक वार्ता गर्दा पनि सहमति हुन नसकेको बताए ।

‘गठबन्धनका शीर्ष नेता र राप्रपाका केन्द्रीय अध्यक्ष बालुवाटारमा, हाम्रो सभापति (शेरबहादुर देउवा)को घरमा पटक पटक छलफल गर्‍यौं, प्रदेशका नेताले भेटेर पनि आह्वान गर्‍यौं, प्रदेशलाई दुर्घटनाबाट जागाउने जिम्मा तपाईहरुको हातमा छ । सरकारमा बसेर हुन्छ कि, प्रतिपक्षमा बसेर हुन्छ कि’, थापाले भने, ‘सरकार भन्दा बाहिर बसेर हुन्छ कि, सभामुखको नेतृत्व गरेर हुन्छ कि, मन्त्रीहरुको नेतृत्व गरेर हुन्छ कि, मुख्यमन्त्रीमा आलोपालो लिएर पनि कम्तीमा कोशीमा देखिएको समस्यालाई भोलिको सम्भावित दुर्घटना रोक्न तपाईहरुको भूमिका महत्वपूर्ण छ जिम्मेवारी लिइदिनुस् भन्दा सफल हुन सकेन ।’

थापाले आफूलाई विश्वासको मत दिएर सहमतिको राजनीति सुरु गर्न एमाले र राप्रपालाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?