
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले गरेको युवा केन्द्रित ‘गीग इकोनोमी र क्लाइमेट एक्सन’मा प्रस्तुत गरिएको अवधारणा मध्येबाट उत्कृष्ट तीन छनोट गरिएको छ ।
नीति निर्माण तहमा युवा पुस्ताको रचनात्मक सहयोग पुर्याउने उद्धेश्यले गरिएको पोलिसी ह्याकाथनका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।
प्राप्त अवधारणाहरु मध्येबाट ‘इम्पावरिङ नेपाल्स् गीग इकोनोमीः अ कम्प्रेहेन्सिभ अर्पोच टु वर्कर क्लासीफिकेसन, सोसल प्रोटेक्सन एण्ड रेगुलेसन’ विषयले प्रथम पुरस्कार प्राप्त गरेको छ ।
पहिलो पुरस्कार प्राप्त गर्ने युवाहरुमा विप्लबी न्यौपाने, मन्दीप सुवेदी र अमित खनाल छन् । पहिलो स्थान प्राप्त गर्ने विजयीले तीन लाख राशीको पुरस्कार प्रदान गरिएको छ ।
‘सन्स्टेनेबल सोसल सेक्युरिटी प्रोटेक्सन फर गीग वर्कस्’ विषयमा प्रस्तुत भएको अवधारणले दोस्रो स्थानको पुरस्कार पाएको छ । एक लाख पचास हजार राशी रहेको दोस्रो पुरस्कार पाउनेहरुमा सदिच्छा सिलवाल स्विकृति कुटल मिलनजंग कटुवाल छन् ।
तेस्रोमा ‘हार्नेसिङ अक्वुफेयर्स रिचार्जरिङ ग्राउण्डवाटरर्स इन सिटीज् अफ नेपाल’ विषयमा प्रस्तुत अवधारण पुरस्कार पाएको छ । पचास हजार राशीको उक्त पुरस्कार युवाद्धय एश्वैर्य श्रेष्ठ र क्रिपेन्द्र प्राप्त गरे ।
१० साउनमा पार्टी केन्द्रीय समितिको बैठकले युवा केन्द्रीत कार्यक्रम गर्ने निर्णय अनुसार पोलीसी ह्याकाथन आयोजना गरिएको थियो । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा गर्न लागिएको उक्त कार्यक्रमका लागि २७ साउनबाट अवधारणा पेश गर्न युवाहरुलाई आव्हान गरिएको थियो ।
पोलीसी ह्याकाथनका लागि देश विदेशबाट २२७ अवधारणा पेश भएका थिए । ति मध्येबाट छानिएका १० टिमले शनिबार आफ्नो अवधारणा राखेका थिए । उत्कृष्ट १० नितिपत्रसँग सम्बन्धित प्रत्येक समूहलाई प्रशिक्षक (मेन्टर) प्रदान गरिएको थियो ।
प्राप्त अवधारणाबाट उत्कृष्ट चयन गर्नका लागि सात जनाको निर्णायकमण्डल बनाइएको थियो । निर्णायमण्डलमा अर्थशास्त्री डा. समीर खतिवडा, प्राकृतिक सम्पदा विज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ डा. रिता सिंह, प्राध्यापक डा.राजेश राई, सुशासन तथा नेतृत्व विज्ञ डा. पुकार मल्ल, शिक्षकद्धय नरोत्तम अर्याल र स्वस्तिका श्रेष्ठ थिए । निर्णायकमण्डलले छनौट गरेका उत्कृष्ट ३ टिमलाई पार्टी सभापति शेरबहादुर देउवाले पुरस्कार र कदरपत्र प्रदान गरे ।
पोलिसी ह्याकथनको पार्टीबाट संयोजन सहमहामन्त्री जीवन परियारले गरेका थिए भने युवा संयोजकको जिम्मेवारीमा सचिन तिमिल्सिना थिए ।
प्रतिक्रिया 4