+

जर्मन प्रशिक्षक फ्लिक बर्खास्त

२०८० भदौ  २४ गते २१:०० २०८० भदौ २४ गते २१:००
जर्मन प्रशिक्षक फ्लिक बर्खास्त

२४ भदौ, काठमाडौं । जर्मनीका फुटबल प्रशिक्षक हान्सी फ्लिक बर्खात भएका छन् । शनिबार राति भएको खेलमा जापानसँग ४–१ ले पराजित भएपछि जर्मन फुटबल एशोसिएसनले ५८ वर्षीय प्रशिक्षक फ्लिकलाई बर्खास्त गरेको हो ।

जर्मनीले अर्को वर्ष युरोपियन च्याम्पियनसिप आयोजना गर्दैछ ।

तर उसले पछिल्लो ५ मध्ये चार खेल हारेको छ । अगष्ट २०२१ मा जोचिम लोको स्थानमा आएका फ्लिकको नेतृत्वमा जर्मनीले खेलेको २५ मध्ये १२ खेल मात्र जितेको छ ।

गत वर्ष विश्वकपमा समूह चरणबाटै बाहिरियो । पछिल्लो १२ महिनामा जर्मनीले ओमान, कोष्टारिका र पेरुलाई मात्र हराएको छ ।

खेलकुद जर्मनी फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय