
२७ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । मंगलबार १९६७.५७ को बिन्दुमा बन्द भएको नेप्से बुधबार २ प्रतिशतले बढेको हो ।
७ भदौमा २०१३.९३ को विन्दुमा बन्द भएको नेप्से ८ भदौमा २ हजारको विन्दुबाट तल झरेर गत बिहीबार १९३२.४५ को विन्दुमा बन्द भएको थियो । यो सातको आइतबार र सोमबार लगातार बढेको नेप्से मंगलबार १९.४२ अंकले घटेको थियो । तर, बुधबार पुनः बढ्दा नेप्से २ हजार भन्दा माथि पुगेर बन्द भएको छ ।
लगातार घट्दो क्रममा रहेको हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढ्दा बुधबार समग्र बजारमा नै सकारात्मक प्रभाव देखिएको हो । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.६२ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.२० प्रतिशत बढेको छ ।
नेप्सेसँगै बुधबार कारोबार रकम पनि बढेको छ । सोमबार डेढ अर्ब नाघेको कारोबार रकम मंगलबार घटेर करिब १ अर्ब नजिक झरेको थियो । बुधबार पुनः बढेर १ अर्ब ४९ करोड ५५ लाखको कारोबार भएको छ । ३६ हजार ४५ वटा कारोबारमा ५१ लाख ४४ हजार ७२४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये एनआईसी एशिया बैंक[NICA]
Last Traded 2024-01-04 14:59:57
NICA NIC Asia Bank
52 weeks
L:490.1 H:666.803
180 days Average
659.0882
EPS
27.0924573631
(FY 2023/24, Q:1)
Market Cap
76213850824.8
View Details
को सर्वाधिक ७ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोल्टी होटल[SHL]
Last Traded 2024-01-04 14:59:57
SHL Soaltee Hotel
52 weeks
L:204.2625 H:507.814
180 days Average
443.7955
EPS
4.4067844526
(FY 2023/24, Q:1)
Market Cap
40404936790.2
View Details
को ६ करोड ७१ लाख र एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२८ सूचीकृत कम्पनीका सेयर कारोबार हुँदा २१३ कम्पनीको मूल्य बढेको छ । यस्तै ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर[BARUN]
Last Traded 2024-01-04 14:59:55
BARUN Barun Hydropower
52 weeks
L:191.1 H:300
180 days Average
225.5582
EPS
-15.6561746125
(FY 2023/24, Q:1)
Market Cap
1237196835
View Details
को सेयरमूल्य १० प्रतिशत र शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतल बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो ।
यता थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतले गिरावट हुँदा सिटिजन्स मयुचुअल फण्ड २ को इकाइमूल्य ३.८० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.२१ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया 4