+
+

पर्यटन बोर्डले नयाँ सवारीमा विद्युतीय मात्र किन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १६:०७

११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले सवारी साधन खरीद गर्नु परे विद्युतीय मात्र खरीद गर्ने घोषणा गरेको छ ।

चालु आर्थिक वर्ष कार्यान्वयनमा आएको दुई महिना पछि बजेट ल्याएको बोर्डले बजेटमार्फत यस्तो घोषणा गरेको हो ।

बोर्डको बजेटमा भनिएको छ, ‘दैनिक आवतजावतका लागि प्रयोग हुने गरी खरीद गरिने सवारी साधन खरीद गर्दा विद्युत सवारी साधन खरीद गरिनेछ ।’

नेपाल सरकारले यस वर्ष सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ सवारी साधन नकिन्ने नीति लिएको छ । बोर्डले भने सवारी साधन किन्नु परे विद्युतीय मात्र किन्ने घोषणा गरेको हो ।

बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १ करोड रुपैयाँको बजेट ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?