+
+
WC Series
पोखरा एभेन्जर्स 2025
84/4 (11.6)
VS
४८ बलमा ८२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

एमालेको कोशी अधिवेशनमा मतदानको समय ५ बजे तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १५:४३

१४ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ ।

यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

२१५ सदस्यीय प्रदेश नेतृत्व छनाेटका लागि ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?