+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाले युवाहरुलाई दिग्भ्रमित बनाउँदैछ : पृथ्वीसुब्बा गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १४:५६

१५ असोज, पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप लगाए ।

‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुनचाहिँ चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’

नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने गुरुङको धारणा छ । ‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं’, उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीतिबिनाको, योजनाबिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’

गुरुङले अगाडि भने, ‘यो मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी छ, जसको कुनै भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसैले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस् ।’

उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।  ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै होलान् । तर, यसलाई मन परेन भनेर राजतन्त्रको विकल्प हुन सक्दैन’, गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?