 
																			१९ असोज, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिर प्रचार गरिएको जस्तो देशको आर्थिक अवस्था कमजोर नभएको बताएका छन् । उनले दसैं अगाडि नै निर्माण व्यवसायीहरुको बाँकी रकम सरकारले भुक्तानी दिने दावी गरे ।
चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक दिशामा नै रहेको बताए । ‘विश्व बैंक, एडीवीको रिपोर्ट अनुसार २.५ प्रतिशत आर्थिक बृद्धिदरमा छौँ ।
यस आर्थिक बर्ष ४ प्रतिशत नाघ्ने प्रक्षेपण गरिएको छ’ उनले भने ‘सरकारको ध्यान ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेमा छ ।’ उनले यसलाई सकारात्मक तरिकाले हेर्नुपर्ने बताए । देश बाहिर भनेजस्तो देशमा आर्थिक संकट नभएको उनले जिकिर गरे ।’
अर्थतन्त्रमा समस्या छ पहिला सहज रुपमा राष्ट्रबैंकले ऋण प्रवाह गर्यो । अहिले टाइट गर्यो’अर्थमन्त्री महतले भने ‘उत्पादन भएन, ठिक हो । तर त्यही कुरा देखाएर समग्र कुरा खराब छ भन्न मिल्दैन ‘
निर्माण व्यवसायीलाई नियमित रुपमा सरकारले भुक्तानी दिएको उनको भनाई छ । ‘हामीले असार समान्तसम्म ६०/७० अर्ब भुक्तानी गरेका छौँ । बाँकी ७ अर्बभन्दा छैन । तर यहाँ ६०/७० अर्ब नै तिरेको छैन भन्ने हल्ला हो’अर्थमन्त्री महतले भने ‘दसैंअगाडि बाँकी रकम सबै रकम भुक्तानी हुन्छ ।’
फरक प्रसंगमा अर्थमन्त्री महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफू जानकार नरहेको बताए । उनले गृहमन्त्रालयले के आधार बनाएर राष्ट्रपति समक्ष सिफारिस गरेको मैंले बुझन् नपाएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4