३ मंसिर, काठमाडौं । कतारको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स कतार एयरवेजले ५० वटा ‘बोइङ ७७७ एक्स’ जहाज खरिद गर्ने सम्झौता गरेको छ । दुवईमा जारी ‘दुबई एयर शो- २०१३’ मा एयरवेजले उक्त जहाजहरु खरिद गर्ने सम्झौता गरेको हो ।
बोइङ कम्पनी र एयरक्राफ्ट इञ्जिन म्यानुफ्याक्चर (जीई) ले एयर शोमा नयाँ ‘बोइङ ७७७ एक्स’ जहाज सार्वजनिक गरेका हुन् । कतार एयरवेजले ५० वटा ‘बोइङ ७७७ ९एक्स’ जहाज बोइङ कम्पनीसँग अर्डर गरेको छ । अत्याधुनिक सुविधासम्पन्न जहाज ‘बोइङ ७७७ एक्स’ कतार एयरवेजको नयाँ सदस्य हुनेछ । अहिले एयरवेजले ‘बोइङ ७७७’ जहाजबाट उडान भर्दै आएको छ ।
अर्डर गरेका नयाँ जहाज कहिलेसम्म आइपुग्छन भन्ने विषयमा जानकारी नदिइएको भएपनि खरिद प्रकृया अगाडि बढाई सकेको एयरवेजले जनाएको छ । बोइङ कम्पनीसँग जहाज खरिद गर्ने सम्झौता हुँदा कतारका प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । एयर शोमा बोइङ निर्माता कम्पनी, एयरवस निर्माता कम्पनी लगायत विश्वप्रसिद्ध जहाज निर्माता कम्पनीहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया 4