+
+
WC Series
पोखरा एभेन्जर्स 2025
22/1 (3.6)
VS
९६ बलमा १४४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

रुकुम र जाजरकोट सडकमार्गमा ठाउँठाउँमा पहिरो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १०:५६

काठमाडौं । गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ ।

सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

एउटा पहिरो हटाइसकेको र भेरी कोरिडरमा चाँडै यातायात खुल्ने सुपरिटेन्डेन्ट इन्जिनियर श्याम खडकाले जानकारी दिए ।

छेडा–जाजरकोट खण्डमा रहेको पहिरोहरु हटाउने काम भइरहेको र राप्ती राजमार्गमा खासै समस्या नरहेको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार खलंगा–पाँचकटिया खण्डमा भने पहिरो हटाउन अझै ४–५ घण्टा समय लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?