 
																			२२ कात्तिक, टक्सार (भोजपुर) । केहीवर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ गाउँमा विद्युत्को पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।
अनुदानमा विभिन्न सरकारी निकायबाट मिनिमिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।’ विद्युत् गाउँ–गाउँमा पुगेसँगै घर–घरमा साना मिल जडान हुन थालेका उनले बताए ।
ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जाने परिवारको कमी हुने थालेको बताउँदै धेरैले घरमा नै साना मिल राख्न थालेका व्यापारी बाजिम मगरले बताए । उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । रू ४०÷४५ हजारमै मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ धेरैको आर्कषण बढेको हो ।’ अहिलेसम्म पसलबाट दुई सय बढी सानो मिल बिक्री भइसकेको उनले जानकारी दिए ।
सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवराज पाण्डेले बताए । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो । ‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी छ’, उनले भने ।
मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले मिल बन्द गरेको अत्तर राईस मिलका सञ्चालन जीवन श्रेष्ठले बताए । ‘धान, मकै, कोदो र तोरी पेल्ने मिल वर्षौदेखि सञ्चालनमा थियो । अहिले साना मिलका कारण ठूला मिल प्रयोगमा आउन नसक्दा कवाडीलाई सामग्री बिक्री गर्नुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार गाउँघरमा रहेका अन्य ठूला मिलको पनि अवस्था अहिले यस्तै छ ।
पछिल्लो समय यान्त्रिकरणमा आकर्षण बढ्दै गएपछि घरमा मिल राखेर धान, गहुँ र दाना पिस्न सजिलो भएको स्थानीय भक्तबहादुर प्रधानले बताए ।
साना मिल राख्न थालिएपछि क्षमता वृद्धिका लागि विद्युत् प्राधिकरणमा समेत आवेदन दिने ग्राहकको सङ्ख्या बढ्दै गएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।
                    लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4