+
+

भारतीय अवैध फूलमालाबारे सूचना दिन पुष्प व्यवसायीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १८:४४
फाइल तस्वीर

२४ कात्तिक, काठमाडौं । नेपाली पुष्प व्यवसायीहरुले नेपालमा अवैध भारतीय फूल र मालाको प्रवेश रोक्न माग गरेको छ ।

पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवैध फूल र माला आयातको सूचना दिन आह्वान गरेको हो ।

तिहारलाई लक्षित गर्दै नेपालमा अवैध फूल माला भित्रिने गरेको भन्दै एसोसिएसनले त्यस्ता मालाको बिक्री वितरण रोक्नु पर्ने बताएको हो ।

नेपालमा प्रशस्त मात्रामा फूलको उत्पादन भइरहेको र तिहारका लागि कृषकले माला बनाउन समेत सुरु गरेको जनाएको छ ।

‘अवैध रुपमा भित्रिने फूल माला नियन्त्रण गरेर किसानलाई पुष्प खेतीमा टिकाइ रहन हामी सबै लागनू पर्छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भनेका छन्, ‘यस्ता फूलहरु नियन्त्रण गर्न आवश्यक सूचना उपलब्ध गराइदिन अनुरोध छ ।’

नेपाल सरकार र यस माताहतका सबै निकाय नेपालमा अवैध फूलमाला आयात नियन्त्रणको पक्षमा रहेको भन्दै एसोसिएसनले उपभोक्ता र सर्वसाधारणबाट प्राप्त हुने यस्तो सूचनाका आधारमा अवैध माला निन्यन्त्रणमा लिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?