+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १०:४१

२ पुस, बुटवल । नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् ।

बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । उनी नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् भने अघिल्लोपटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

पोेखरेलले ५१० मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् ।

अध्यक्ष पदमा विजय गुरुङ र रश्मी शिल्पकार पनि उम्मेदवार थिए ।

कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दीप अग्रहरी विजयी भए ।

महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेशचन्ऽ ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनीत भएका छन् ।

उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत सुरेन्ऽकुमार महतोले जानकारी दिए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित ) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने तीन जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?