+

हालान्डले जिते बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अवार्ड

२०८० पुष  ४ गते १५:०९ २०८० पुष ४ गते १५:०९
हालान्डले जिते बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अवार्ड

४ पुस, काठमाडौं । नर्वे र म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट्स स्टार अफ द इअर २०२३ अवार्ड जितेका छन् ।

गत सिजन म्यानचेष्टर सिटीलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रेबल उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका हालान्डले अवार्ड पाएका हुन् ।

उनले अमेरिकन जिम्नयास्ट सिमो बेइल्स, स्पानिस फुटबलर आइताना बोनमाटी, टेनिस स्टार नोभाक जोकोभिच, दक्षिण अफ्रिकन रग्बी टिमका सिया कोलिसी र नेदरल्याण्ड्सका फर्मुला वान खेलाडी म्याक भर्स्टाप्पेनलाई पछि पारे । हालान्डले गत सिजन प्रिमियर लिगमा ३८ खेलमा कीर्तिमानी ३६ गोल गर्दै गोल्डेन बुट अवार्ड थिए ।

उनी लिगमा उकै सिजन ३६ गोल गर्ने पहिलो खेलाडी समेत बने ।

बीबीसी स्पोर्ट्स रिडरले गरेको भोटका आधारमा वर्ल्ड स्पोर्ट्स स्टार अफ दि इअरको विजेता घोषित गरिएको हो ।

‘मलाई बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अफ दी इअरकोलागि मलाई भोट गर्नुभएकोमा धन्यवाद । गत सिजन राम्रो रह्यो । मैले ट्रेबल जितेँ र हामीले राम्रो गर्‍यौं’, हालान्डले अवार्ड पाएपछि भने ।

एर्लिङ हल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय