+

तीन खेलाडी सम्मानित

२०८० पुष  २० गते २१:२४ २०८० पुष २० गते २१:२४
तीन खेलाडी सम्मानित

२० पुस, काठमाडौं । काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

थाइल्यान्डको बैंककमा भएको एसियाली किक बक्सिङ च्याम्पियसिपमा कांस्य जितेका देवान्स श्रेष्ठ, भारतमा भएको अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता किशोर कार्की तथा गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका सागर दर्जी सम्मानित भएका हुन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाल किक बक्सिङ संघ अध्यक्ष लोकेन्द्र कार्कीलगायतले खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगद र प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

त्यस अवसरमा नेपालमा किक बक्सिङको विकास र विस्तारमा योगदान पुर्‍याएकोमा अध्यक्ष कार्कीलाई पनि सम्मान गरिएको थियो ।

किक-बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय