+

पीएसजीको ९ गोल, एमबाप्पेको ह्याट्रिक

२०८० पुष  २३ गते ९:०३ २०८० पुष २३ गते ९:०३
पीएसजीको ९ गोल, एमबाप्पेको ह्याट्रिक

२३ पुस, काठमाडौं । केलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा छैटौं श्रेणीको अमेच्योर क्लब रेभेललाई ९-० ले पराजित गरेको छ ।

रेभेलको मैदान कास्ट्रेसस्थित पिएरे-फाब्रेमा भएको खेलमा २५ वर्षी फ्रेन्च स्ट्राइकर एमबाप्पेले १६औं, ४५औं र ४८औं मिनेटमा गोल गरे ।

यस्तै कोलो माउनीले ७६औं र ९०औं तथा मार्को असेन्सियोले ४३औं, गोन्सालो राङ्गोसले ७१औं र एनडोरले ८७औं मिनेटमा गोल गरे । रेभेलका एन’गुएसनानले एक आत्मघाती गोल उपहार दिए ।

फ्रान्सका कप्तानसमेत रहेका एमबाप्पे पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । उनले फ्रेन्च कपमा पनि २२ खेलमा ३० गोल गरिसकेका छन् ।

केलिएन एमबाप्पे पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय