कराँते खेलाडी अञ्जली सम्मानित
२०८० पुष २८ गते १७:५०
२८ पुस, काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराँते खेलाडी अञ्जली महर्जनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिवृद्धि गरेको भन्दै प्रतिष्ठानले अञ्जलीलाई सम्मान गरेको हो ।
अञ्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराँते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, भारतमा भएको मुम्बई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एकल, टिम काता र कुमुतेमा स्वर्ण जितेकी थिइन् ।
स्व. कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा संस्था स्थापना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दै आएका छन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4