+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा वार्षिक ३ करोड लिटर पानी पुनः भरण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:३७

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने भएको छ ।

वर्षामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली काठमाडौं महानगरपालिकाले बनाएको छ ।

महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको हो ।

रिचार्ज प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ चेम्बर, दुइटा पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सातवटा (९० फिट) बाँसको छेकबार (चेक ड्याम) बनाइएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । यो प्रणली ९ वैशाखदेखि सुरु गरिएको थियो । लागत ४३ लाख ६० हजार रुपैयाँबराबर छ ।

निर्माण साझेदारले उक्त प्रणाली र सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिका उपप्रमुख डंगोललाई हस्तान्तरण गरेका छन् ।

परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाब बढ्ने अपेक्षा गरिन् ।

‘सहरमा पानी अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा फेरि पानी अभाव हुन्छ । यसलाई सन्तुलन गर्न पानी पुनः भरण प्रणाली प्रवद्र्धन गरिरहेका छौं,’ उनले भनिन्, ‘काठमाडौंमा सबैभन्दा धेरै पानी अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनः भरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’

परम्परागत रूपमा काठमाडौंवासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनः भरण हुने गथ्र्याे । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो ।

पछिल्लो समय अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । पछिल्ला वर्ष छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिकरूपमा पानी पुनः भरणमा समस्या सिर्जना भएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?