+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘हाम्रो नेपालमा’ भन्दै सिड्नीमा गुन्जने भए नितेशजंग कुवँर

राजन घिमिरे राजन घिमिरे
२०८० माघ १३ गते १८:११

१३ माघ, सिड्नी /

‘घर आँगन अनि साथी भाई
दर्शन नमस्ते है सबैलाई
सुखदुःख भनौं यस्तै रैछ
को आफ्नो बिदेशमा को पराई…’

केही गर्ने सोच, उद्देश्य अनि सपना बोकेर दिनहुँजसो परदेशिएका युवाको भावना समेटिएको यो चर्चित गीतका गायक हुन् नितेशजंग कुवँर ।

कुवँरले यो गीत रिलिज गरेको ६ वर्ष बित्यो । तर, उनको गीतको सान्दर्भिकता आज पनि उत्तिकै छ । मुलुक र युवाको अवस्थासँग यो गीत अझै मेल खान थालेको छ ।

नेपालको वर्तमान परिवेश चित्रण गर्ने यो गीतका शब्दले दिनहुँजसो परदेशिएका नेपाली युवाको अवस्था, संघर्ष र ब्यथालाई दर्शाउँछ । पछिल्लो समय युवापुस्तामाझ निकै चर्चित र रुचाइएको गीतका गायक कुँवर अब अष्ट्रेलियामा गुञ्जने भएका छन् ।

उनले अष्ट्रेलियाली सहर सिड्नीमा सांगीतिक प्रस्तुति दिने जनाइएको छ । उनीसँगै गायिका समृद्धि राई पनि सिड्नीमा गुञ्जनेछिन् । फ्रेबुअरी २३ मा सिड्नीको भव्य हल राउण्ड हाउसमा उनीहरुले प्रस्तुति दिन लागेको जनाइएको छ ।

नेपाली बिद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियामा फिल्म प्रदर्शन र सांगीतिक कार्यक्रम पनि बढी हुन थालेको छ । ‘अष्ट्रेलियामा रहनु हुने युवापुस्ताका नेपालीको चाहनालाई ध्यानमा राखेर हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौ । कार्यक्रम सफल हुने कुरामा हामी ढुक्क छौ’ आयोजक बताउँछन् ।

‘हाम्रो’ नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोटेपिङ इन्टरटेनमेन्टका राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन एचक्यूबका रोशन भट्टराई र डिजे सुशिलको छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?