+
+

रुपान्तरण अभियानबाट उत्साहित माओवादी : थप दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:५६

२९ माघ, काठमाडौं । चार महिने रुपान्तरण अभियान सफल भएको भन्दै नेकपा माओवादी केन्द्रले छिट्टै दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने भएको छ ।

आइतबार र सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनको अभियान र विचार संश्लेषणको अभियान चलाउने बताएका हुन् ।

यी अभियानअन्तर्गत शहर केन्द्रीत तराई मधेस जाजरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने उनको भनाइ छ । अब हुने अभियानले पार्टीको संगठन सुदृढिकरणमा थप सघाउ पुग्ने प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?