
६ फागुन, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन् ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4