
काठमाडौं । वरिष्ठ साहित्यकार गणेश रसिकले लेखेको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित भएर चुलाचुली रंगमञ्चले नाटक ‘झोडा’ निर्माण गरेको छ ।
चेतन आङ्थुपोले परिकल्पना र निर्देशन गरेको नाटकलाई सुमन लिङ्देनले उपन्यासबाट रुपान्तरण गरेका हुन् । यो नाटक फागुन ११ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिने छ ।
उपन्यासकार गणेश रसिकले पचास वर्षअघिको समयलाई उपन्यासमा आफूले लेखेको भए पनि नाटककर्मबाट फेरि त्यसलाई सम्झाउन लागेकामा खुसी व्यक्त गरे । ‘अहिलेको समयमा रंगकर्म कठिन छ, तर पनि उपन्यासलाई रुपान्तरण गर्ने तपाईंहरुको प्रयासको म कदर गर्छु,’ उनले भने ।
धिमाल भाषामा दुई खोलाबीच फैलिएको जंगललाई झोरा भनिन्छ । पहाडी समुदायले भने यसलाई झोडा भन्छन् ।
निर्देशक आङ्थुपोका अनुसार किरातहरुको किपट र तराईका आदिवासीको आवादीलाई संकटमा पार्ने काम लगायत विषयलाई नाटकमा देखाइएको छ । नाटकको निर्माता सुरेश माङ्पाहाङ हुन् ।
प्रतिक्रिया 4