+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

म्याद गुज्रेको आइसक्रिम बेच्नेलाई १ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:२५

२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद गुज्रेको आइसक्रिम बेच्नेलाई १ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरले अनुगमनको क्रममा इन्द्रचोकमा स्वस्तिक स्विट्स एन्ड सेल्सले म्याद गुज्रेको आइसी लिक्स नाम गरेको आइसक्रिम बेचेको भेट्याएको थियो ।

म्याद गुज्रेको आइसक्रिम बेच्ने स्वस्तिक स्विट्स एन्ड सेल्सका सञ्चालक सञ्जय कुमारलाई १ लाख रुपैयाँ जरिबाना तिराइएको महानगरले जनाएको छ ।

‘खाद्य सुरक्षालाई ध्यान दिँदै हामीले निरन्तर अनुगमन गरिरहेका हुन्छौं, सोही क्रममा बजारमा मिति नाघेका आइसक्रिम भेटेपछि कारबाही गरेका हौं,’ महानगरका अनुगमन अधिकृत डा. अवधेशकुमार झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?