+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

‘इन्क एण्ड इन्साइट्स’मा नोबेल पुरस्कार विजेता वैज्ञानिक रोबर्ट्स

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:१७

काठमाडौं । लेखक सुमित शर्मा समीरले सञ्चालन गरिरहेको पोडकास्ट इन्क एण्ड इन्साइट्समा नोबेल पुरस्कार विजेता वैज्ञानिक सर रिचार्डस् जे रोबर्ट्स आएका छन् ।

बेलायतका वैज्ञानिक रोबर्ट्सले सन् १९९३ मा फिजियोलोजी तथा मेडिसिन विधामा नोबेल पुरस्कार पाएका थिए । उनले मोलिकुलर बायोलोजी तथा जिन सिक्वेन्सिङमा अतुलनीय योगदान दिएको मानिन्छ ।

रोबर्ट्ससँगको पडकास्ट इन्क एण्ड इन्साइट्समा सोमबार राखिएको छ । इन्क एण्ड इन्साइट्समा समीरले संसारभरिका लेखक, साहित्यकार तथा विचारकहरुसँग कुराकानी गर्ने गरेका छन् । नेपालबाटै सञ्चालन हुने यो पोडकास्ट संसारभरि सुनियोस् तथा हेरियोस् भन्ने उद्देश्य रहेको समीर बताउँछन् ।

इन्क एण्ड इन्साइट्समा समीरले पुजित्जर पुरस्कार विजेता लेखक काई बर्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार सञ्जीव सत्याल, दार्शनिक पिटर एडमासन लगायतसँग कुराकानी गरिसकेका छन् ।

‘वेकअप अर्ली, वेक अप नाउ’ पुस्तकका लागि सन् २०२२ को केएलएफ बुक अवार्ड पाएका समीरले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?