+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

६ सिट निकालेर यतीले ल्यायो पोखराबाट दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:३०

८ चैत, काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बस दुर्घटनामा घाइते दुई महिलालाई पोखराबाट बुधबार (७ चैत) मा सकुशल काठमाडौं ल्याएको छ ।

रुकुमबाट काठमाडौं आउँदै गरेको बस ६ चैतमा बाग्लुङमा दुर्घटना हुँदा लक्ष्मी पुन मगर र सबिना पुन मगर पनि घाइते भएक थिए । लगत्तै उनका आफन्तले थप उपचारका लागि पोखरा विमानस्थलबाट यतीको जहाजमा काठमाडौं ल्याउन खोजे पनि प्राविधिक कारण सम्भव नभएको यतीले जनाएको छ ।

७ चैतमा घाइते (बिरामी) को सम्पूर्ण प्रक्रिया पूरा गरी यतीले आफ्नो एउटा जहाजका ६ वटा सिट निकालेर स्ट्रेचर राख्न मिल्ने बनाइ ती घाइते महिलालाई राति ७ बजे र ९ः२३ बजेका दुई उडानबाट सकुशल काठमाडौं ल्याएको जनाएको छ । बिरामीका साथमा आफन्त पनि थिए ।

‘बिरामी वा घाइते यात्रुका हकमा विशेष सहायताका लागि आवश्यक तयारी गर्न एयरलाइन्सलाई पूर्व जानकारी गराउनुपर्ने हुन्छ,’ यतीका एक अधिकारीले बिहीबार भने, ‘घाइतेको अवस्था हेर्दा सिटमा नभई स्ट्रेचरमा राखेर ल्यानुपर्ने देखिएकाले मंगलबारको उडानमा ल्याउन नसकिएको हो ।’

यतीका अनुसार घाइतेका आफन्तले ६ चैतमा अनलाइनबाट टिकट खरिद गरे पनि घाइतेको अवस्थाबारे एयरलाइन्सलाई विस्तृत जानकारी थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?