
काठमाडौं । अनु चौधरीसँगको सहकार्यमा अजित घिसिङले गीत ‘वाचा’ ल्याएका छन् । गायक, गीतकार, संगीतकार र संगीत संयोजकको रुपमा चिनिएका उनले केही दिनअघि यो भिडियो सार्वजनिक गरेका हुन् ।
गीतमा घिसिङकै शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । यो रोमान्टिक मेलोडी शैलीको गीतले खासगरि युवापुस्ताका दर्शक तथा श्रोताको मन जित्न सक्छ ।
घिसिङले यसअघि धेरैले धेरै माया, ताली, झ्वाइँ खट्टे (प्रमोद श्रेष्ठ र अजित घिसिङ तामाङ), पञ्चैबाजा, नाच्यो चरी (सेलो गीत), आँखा चिम्ली हेर (उषा पाख्रिन र अजित घिसिङ तामाङ), सुटुक्कै (रचना रिमाल र अजित घिसिङ, शब्द रमेश अधिकारी) गीत ल्याएका छन् ।
म्युजिक भिडियोलाई निर्देशक विभोर पोखरेलले तयार पारेका हुन् । सुनिल बुढाथोकीको निर्देशनमा भिडियो तयार भएको हो । विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोमा विजय कार्की तथा अनिमा विश्वकर्माले अभिनय गरेका छन् ।
सार्वजनिक भएको दुई दिनमै झण्डै सवा तीन लाख पटक हेरिएको यो गीतको भिडियोमा सयौं प्रतिक्रिया आएका छन् । भिडियोमा आएका प्रतिक्रियाले गीतका शब्द, संगीत तथा स्वरका साथै कलाकारहरुको अभिनयको समेत प्रशंसा गरिएको छ ।
प्रतिक्रिया 4