+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित ‘धाय ड्रीम्स’ उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते २०:१४
फिल्ममेकर स्वयम् मास्के मानन्धर अवार्ड ग्रहण गर्दै ।

काठमाडौं । नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करणमा शान्ता नेपाली निदेशित वृत्तचित्र ‘धाय ड्रीम्स’लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ ।

स्वयम् मास्के मानन्धर निर्देशित छोटो फिल्म ‘द बु, द बाउ, द काफ’लाई उत्कृष्ट मेन्सन पुरस्कार प्रदान गरिएको छ । शनिबार आयोजित समापन समारोहमा युरोपियन डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले अवार्ड वितरण गरिन् ।

विजेता फिल्मकर्मीले यसैवर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागि हुने अवसर पाउने जनाइएको छ । फेस्टिभलमा छनोट भएका र प्रदर्शन गरिएका ९ लघु फिल्मलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

निर्देशन गर्नु भएको लघु चलचित्रद बु, द बाऊ, द काफलाई स्पेशल मेन्सन गरिएको छ ।

ती फिल्ममा गोपाल आचार्य निर्देशित आखत, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पाको ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ छन् ।

खुला विज्ञापनमार्फत आह्वान गरिएको प्रतियोगितामा ५२ लघु फिल्मले आवेदन दिएका थिए । फेस्टिभलको १३ औं संस्करण काठमाडौंमा चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो । फेस्टिभलमा ९ युरोपेली फिल्म र प्रतिस्पर्धाबाट छानिएका ११ लघु फिल्म प्रदर्शन गरिएका थिए ।

महोत्सव २०८० चैत २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । यसैगरी नेपालगञ्जमा वैैशाख ३ गते (अप्रिल १५) हुनेछ । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?