
२८ चैत, काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले तीन महिला र एक पुरुष गरी चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका–६ की ५१ वर्षीया लक्ष्मी परियार, कैलालीको धनगढी उपमहानगरपालिका–९ का ३५ वर्षीय इन्द्रबहादुर साउँद, दोलखा घर भएका ३४ वर्षीया सृजना बिक र काठमाडौं महानगरपालिका–९ की ५१ वर्षीया मीना बस्नेत छन् ।
उनीहरुलाई सिनामंगलस्थित सुकुम्बासी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उनीहरुबाट नुरफिन, फेनारगन, डाइजापाम एम्पुलहरु बरामद भएको छ । करिब २ किलो पोल्याण्ड पनि बरामद भएको छ । ४ लाख १६ हजार ३५० नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4