+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सोलुखुम्बुको पिकेमा चौंरी महोत्सव सुरु

रासस रासस
२०८१ वैशाख ४ गते २०:१५

४ वैशाख, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा मंगलबार चौंरी महोत्सव सुरु भएको छ ।

याक तथा चौंरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ ।

चौंरी किसानलाई सम्मान, चौंरी र जलवायुसम्बन्धी अन्तर्क्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौंरी व्यवसायी सङ्घको वेबसाइट सञ्चालन, याक तथा चौंरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौंरी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले बताए ।

उनले भने, ‘चौंरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुर्ख्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौंरीपालन घट्दो क्रममा छ । यसलाई बचाउन महत्सवले केही टेवा पुग्ने विश्वास छ ।’

पिके क्षेत्रको पर्यटन प्रवर्द्धन र गाउँमै आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने उद्देश्यले चौंरी महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । पिके क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यर्ज्याङ अर्थात कुलपूजा गर्छन् ।

उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्छन् । त्यसकारण पिके क्षेत्र पर्यटकीय मात्र नभएर धार्मिक रूपमा पनि महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?