 
																			१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताएका छन् ।
सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए ।
‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समय भन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले’, उनले भने ।
अहिले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरु सत्ता सहकार्यमा छन् । प्रचण्डले यो सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने बताए ।
‘त्यसो हुँदै गयो भने राजनीतिक दलहरुको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठीक हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4