+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते, एकजना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १७:२०

११ वैशाख, सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परेर ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा गणेश सिंजाली, लछुमन पुनमगर, रत्नबहादुर बराल, तर्कबहादुर पुनमगर, पूर्ण सिंजाली, जयबहादुर थापामगर र तिलक पौडेल छन् ।

वडाध्यक्ष तुलबहादुर हमालका अनुसार जंगलबाट गाउँ पसेको बँदेलले सुरुमा गणेश सिंजालीलाई आक्रमण गरेको थियो । उनको अवस्था गम्भीर रहेको उनले हमालले जानकारी दिए ।

त्यही बँदेलले अरु ६ जनालाई पनि आक्रमण गरेको थियो । आक्रमणमा घाइते भएका ३ जनाको खम्बागाडे बजारमा उपचार भइरहेको छ । बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका गणेश सिंजालीलाई  थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रेफर गरिएको छ ।

गत फागुनमा भैरवी गाउँपालिका–६ कै ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?