महिला लिग छनोटमा कोशीको लगातार तेस्रो जित
२०८१ वैशाख १२ गते १५:११
१२ वैशाख, काठमाडौं । समीक्षा मगरले २ गोल गरेपछि कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा बुधबार गण्डकी प्रदेशलाई ३–० ले पराजित गरेको छ ।
छनोट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको कोशी ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।
सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा कोशीका लागि समीक्षाले छैटौं र ९०औं मिनेटमा गोल गरिन् । ममता राउतले ५२औं मिनेटमा १ गोल गरिन् ।
कोशीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।
प्रतियोगितामा गण्डकीको भने यो दोस्रो हार हो । ३ खेलबाट गण्डकीको ३ अंक छ । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै पहिलो जित निकालेको थियो ।
बुधबारै सुदूरपश्चिम र मधेश प्रदेशबीच पनि खेल हुँदैछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4