+
+
Shares

बाँडेगाउँमा किसुनजी खोज्दै शुभेच्छुक

८ पुस, काठमाडौं । ललितपुरको बडेगाउँस्थित कांग्रेसका संस्थापक सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रममा सोमबार बाक्लो चहल-पहल देखियो । ९० औं जन्मजयन्तीका दिन सोमबार आश्रमको मूलगेटदेखि निवाससम्म सरसफाइ गरेर चिटिक्क सजाइएको थियो ।

आश्रम परिसर सबैभन्दा माथि रहेको निवासमा पुग्दा उहाँ अझै त्यहीं हुनुहुन्छ भन्ने आभाष हुन्थ्यो । आश्रम परिसर पुगेको कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरु पनि निवासबाट खोक्दै किसुनजी बाहिर निस्कने आशमा बसेझै प्रतीत हुन्थ्यो । किसुनजीकी सहयोगी अमिता कपालीले अहिले पनि आश्रमको संरक्षणमा देखाएको तदारुकताले आश्रम जीवन्त देखिन्थ्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ८ गते १९:३५

ज्ञानेन्द्र खड्का

८ पुस, काठमाडौं । ललितपुरको बडेगाउँस्थित कांग्रेसका संस्थापक सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रममा सोमबार बाक्लो चहल-पहल देखियो । ९० औं जन्मजयन्तीका दिन सोमबार आश्रमको मूलगेटदेखि निवाससम्म सरसफाइ गरेर चिटिक्क सजाइएको थियो ।

आश्रम परिसर सबैभन्दा माथि रहेको निवासमा पुग्दा उहाँ अझै त्यहीं हुनुहुन्छ भन्ने आभाष हुन्थ्यो । आश्रम परिसर पुगेको कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरु पनि निवासबाट खोक्दै किसुनजी बाहिर निस्कने आशमा बसेझै प्रतीत हुन्थ्यो । किसुनजीकी सहयोगी अमिता कपालीले अहिले पनि आश्रमको संरक्षणमा देखाएको तदारुकताले आश्रम जीवन्त देखिन्थ्यो ।

kisung-memory

किसुनजी बाँचुन्जेल उहाँले प्रयोग ओच्छ्यानदेखि बस्ने मुडासम्म निवास परिसरमै जतनसाथ राखिएका सामानले कांग्रेस कार्यकर्ता र शुभेच्छुकको ध्यान तानेका थिए । अन्य बेलाबिरलै जाने कांग्रेस नेताहरु सोमबार भने दर्जन बढीको संख्यामा बाडेगाउँ पुग्न भ्याए । बाँचुन्जेल ईश्वर भक्ति र साधनामा रमाउनुभएका सन्त नेता भट्टराईको ९० औं जन्मजयन्ती पनि भक्ति साधनासहित संगीतमय बनाइयो ।

सरकारले बनाइदिएको आश्रममा स्वर्गीय नेता भट्टराईकी सहयोगी अमिता कपालीले जन्मदिनको कार्यक्रममा स्वामीदेखि दलका नेता र पत्रकारहरुको पनि बाक्लो उपस्थिति थियो । ललितपुरको बाडेगाउँस्थित सल्लाघारी जंगलको बीचमा रहेको आश्रममा जन्मदिवसका अवसरमा पुग्नेमा अधिकांश कांग्रेसका नेता कार्यकर्ता थिए । कार्यक्रममा राजतन्त्र ढालेर गणतन्त्र स्थापित गर्ने कांग्रेसको निर्णयविरुद्ध भट्टराई उभिँदा राजावादी भन्ने कांगे्रसकै नेताहरुले उहाँलाई आदर्श राजनीतिज्ञको संज्ञा दिन भ्याए ।

kisung-memory-1सल्लाघारी जंगलको बीचमा रहेको आश्रममा जन्मदिवसका अवसरमा पुग्नेमा अधिकांश कांग्रेसका नेता कार्यकर्ता थिए । कार्यक्रममा राजतन्त्र ढालेर गणतन्त्र स्थापित गर्ने कांग्रेसको निर्णयविरुद्ध भट्टराई उभिँदा राजावादी भन्ने कांगे्रसकै नेताहरुले उहाँलाई आदर्श राजनीतिज्ञको संज्ञा दिन भ्याए ।

शिव भजनदेखि सन्त नेता भट्टराईको जीवनमा आधारित बालनसमेतले बाडेगाउँको आश्रम गुन्जिएको थियो । सन्त नेता भट्टराईको जन्मजयन्तीमा बाडेगाउँका महिला र वृद्धवृद्धाको पनि बाक्लो उपस्थिति थियो । बाडेगाउँ पुगेका धेरैजसो कांग्रेस नेताहरुले कार्यक्रमकै बीचमा भट्टराई आफ्ना भएको प्रतिकृया सञ्चारमाध्यमलाई दिन भ्याएका थिए ।

सन्त नेता भट्टराईलाई त्यागी र निस्वार्थी नेताको संज्ञा दिंदै उहाँका प्रशंसक स्वामी आनन्द अरुणले उहाँलाई एक राष्ट्रवादी नेताको रुपमा चिनाउनुभयो । ‘प्रधानमन्त्री हुँदा समेत सधैं देशको मात्र चिन्ता गर्ने भट्टराईलाई भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले पनि आदर्श व्यक्ति मानेर खुट्टा ढोग्नुहुन्थ्यो, स्वामी अरुणले भन्नुभयो, ‘वुद्धकै जस्तो बाटोमा हिंड्नुभएका उहाँ जस्ता त्यागी र सात्विक जीवन प्रणेताबाट हामीले धेरै सिक्नु छ ।’

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले आश्रमलाई सबैले सत्मार्गमा हिँड्ने प्रेरणाको स्रोत बनाउनुपर्नेमा जोड दिनुभयो । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका सचिव वरिष्ठ पत्रकार युवराज घिमिरेले राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थमा प्रयोग नगर्नुभएका सन्त नेता भट्टराईको त्यागी जीवनबाट अहिलेका राजनीतिज्ञले पाठ सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुगेका कांग्रेस नेताहरु प्रकाशशरण महत, रामशरण महत, गोपालमान श्रेष्ठसहितले सन्त नेता भट्टराईको खुलेर प्रशंसा गर्न भ्याउनुभयो ।

को-को गए बाडेगाउँ ?

सन्त नेता भट्टराईको आश्रममा पुग्नेमा कांग्रेस नेताहरु धेरै थिए । कांग्रेसका महामन्त्री प्रकाशमानसिंह, सहमहामन्त्री पूर्णबहादुर खड्का, नेताहरु रामशरण महत, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, उदयसमशेर राणा, शोभाकर पराजुलीसहितका नेताहरु पुगेका थिए । कांग्रेसका नवनिर्वाचित सभासदहरुको पनि बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा भने जानुभएन । कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल पनि पुग्नुभएको थियो । ९० औं जन्मजयन्तीमा सन्त नेता भट्टराईले जेल जीवन बिताउँदा सुन्दरीजल जेलमा ०१८ देखि ०२० सालसम्म पटक-पटक लेख्नुभएको डायरी राष्ट्रकवि माधवप्रसाद घिमिरेले विमोचन गर्नुभयो । सोही कार्यक्रममा कलाकार शशीविक्रम थापाले गाउनुभएको सन्त नेता भट्टराईको जीवनमा आधारित गीत पनि सार्वजनिक गरियो ।

निष्ठा र इमानको राजनीति गर्नुभएका नेता भट्टराईको जन्म भारतको बनारसमा सन् १९२४ मा भएको थियो । नेता भट्टराई ०४६ सालको बहुदलीय व्यवस्थापछि २ पटक प्रधानमन्त्री बन्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?