+
+

अनेरास्ववियूले ६०औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:३६

३१ वैशाख, काठमाडौं । अनेरास्ववियूले ६०औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थापना दिवसलाई रचनात्मक बनाउन संंगठनले जेठ १ देखि ७ गतेसम्म उपत्यकाका विभिन्न क्याम्पसमा फरक–फरक कार्यक्रम गर्ने भएको हो ।

जेठ १ गते काठमाडौंको जगडोलमा एक हजार बिरुवा रोपेर अखिल पार्क बनाउने भएको छ । २ गते भेलोसिटी क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने, ३ गते कोटेश्वर बहुमुखी क्याम्पसमा रक्तदान र सोही दिन काठमाडौंको सेन्ट लरेन्स कलेजमा शैक्षिक बहस गर्ने अनेरास्ववियूले जनाएको छ ।

जेठ ४ गते सरस्वती बहमुखी क्याम्पसमा अन्तरकलेज ब्याडमिन्टन, ५ गते बालाजु इन्जिनियरिङ कलेजमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, ६ गते रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा अन्तरकलेज फुटसल प्रतियोगिता गर्ने संगठनले जनाएको छ ।

७ गते शंकरदेव क्याम्पसमा विगतदेखि वर्तमानसम्मका अनेरास्ववियूका गतिविधि समेटिएको फोटो प्रदर्शनी, विद्यार्थी सम्मान तथा सांस्कृतिक कार्यक्रम राखिएको अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?