
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालि बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने विषयमा सिमेक्स इंकसँग समझदारी भएको बैंकले जनाएको छ ।
समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
समझदारी अनुसार बीवाईडी ब्रान्डको विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि बैंकले सहजरूपमा कर्जा उपलब्ध गराउने छ । जसका लागि आवश्यक कागजात तथा विवरणका साथ आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा निवेदन दिनुपर्ने छ । बैंकले उचित ठहर्याएका ग्राहकलाई तीन कार्यदिन भित्र सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।
ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजनाहरू ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।
प्रतिक्रिया 4