 
																			६ जेठ, काठमाडौं । सहकारी छानबिनका लागि बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ ।
आइतबार कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक दुई पटक बसेको थियो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालका अनुसार कार्यादेशको मस्यौदा आदानप्रदान पनि भयो, तर सहमति जुट्न बाँकी छ ।
सत्तारुढ दलहरू समग्र सहकारीको छानबिन गर्ने पक्षमा छन् । खनालले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन ।’
प्रमुख विपक्षी कांग्रेसले भने सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम अपचलनबारे संसदीय समितिले छानबिन गर्ने विषय कार्यादेशमा उल्लेख हुनुपर्ने बताएको छ ।
‘समग्र सहकारीको राज्यका निकायहरूले छानबिन गर्छ’, कांग्रेसका एक नेता भन्छन्, ‘सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको राज्यका निकायले नहेरेका कारण संसदीय समितिले हेर्नुपर्छ भन्ने हाम्रो माग हो । यसमै सहमति हुन सकेको छैन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4