 
																			१० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने लगायतसँग छलफल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । कांग्रेसको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्दै आएका छन् ।
एकीकृत समाजवादीले १० औं महाधिवेशनका लागि तयार गरिएको पार्टीको दस्तावेज जिल्लास्तरमा पठाउने निर्णय पनि गरेको छ । अर्को सचिवालय बैठक अब १४ जेठमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4