+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अन्जु, मिलन, रजिनाको टक्कर, कम छैनन् दुर्गा र प्रविशा पनि

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १० गते १५:४६

उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाउनको लागि गायिकाहरु अन्जु पन्त, दुर्गा परियार, प्रविशा अधिकारी, मिलन अमात्य र रजिना रिमालले एक अर्कासँग भिडन्त गर्नु पर्ने भएको छ । स्टार एफ एम प्रालीले माघ २० गते आयोजना गर्न लागेको म्यूजिक अवार्डको नोमिनेशन सार्वजनिक गरिएको हो ।nepali-female-singerवि.सं २०६९ साल साउनदेखि २०७० साल असार मसान्त सम्म एफ.एममा दर्ता भएका गीतसंगीतको आधारमा नोमिनेशन सार्वजनिक गरिएको हो । आयोजकले पहिलो पटक गर्न लागेको अवार्डमा २४ विधा सहभागी छन् । यस्तै अवार्ड समारोहमा एक जना श्रष्टालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गरिनेछ । यस्तै एक जना संचारकर्मीलाई रेडियोकर्मी सम्मानबाट पनि सम्मानित गरिनेछ ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एफ एमका अध्यक्ष प्रदिप कुमार उदयले सिर्जना र सर्जकलाई सम्मान गर्न अवार्ड गर्न लागिएको जानकारी दिए । अवार्डको राष्ट्रिय भावनाको गीतर्फ उन्नती बोहरा, दिनेश अधिकारी, धनराज सुब्बा, रंजना राई, रविन शर्मा उत्कृष्ट ५ मा परेका छन् । यस्तै उत्कृष्ट पप गायिका तर्फ आस्था वी, आस्था राउत, माण्डवी त्रिपाठी, मिलन अमात्य, श्रेया सोताङ नोमिनेशनमा परेका छन् ।

उत्कृष्ट पप गायकतर्फ भने एडि्रयन प्रधान, नविन के भट्टराई, सनुप पौडेल, बाबु बोगटी, हेमन्त रानाको नाम समावेश छ । उत्कृष्ट पप संगीतकारको विधामा कमल खत्री, किरण माइकल, कल्याण सिंह, राजु सिं र सुरेश अधिकारी नोमिनेशनमा छन् ।

उत्कृष्ट चलचित्र गीतकारतर्फ अमृत रेग्मी, डाक्टर कृष्णहरी बराल, नरेश भट्टराई, सुरेश अधिकारी र स्वप्नील बराल टप ५ मा पर्न सफल छन् । उत्कृष्ट पाश्र्व गायकको विधामा दिपक लिम्बु, प्रल्हाद तिमिल्सिना, राजेशपायल राई, शिव परियार र स्वरुपराज आचार्य नोमिनेशनमा परेका छन् । उत्कृष्ट चलचित्र संगीतकारतर्फ भने अर्जुन पोखरेल, कालीप्रसाद बास्कोटा, सुरेश अधिकारीको नाम समावेश छ । संगीतकार बसन्त सापकोटा यो विधामा चलचित्र रिदम र नोटबुकबाट नोमिनेशनमा छन् ।

अन्य विधामा नोमिनेशनमा परेका ५ मध्ये एकलाई काठमाण्डौमा आयोजना गरिने भव्य समारोहमा अवार्ड वितरण गरिनेछ ।music aaward photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?