+
+

सुदूरपश्चिममा स्वतन्त्र सांसदले गरे मन्त्री पद अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १७:२०

२८ जेठ, धनगढी। सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए ।

तर, जोशीले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि मुख्यमन्त्रीले मन्त्रीहरूको नयाँ सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।

मुख्यमन्त्रीले पठाएको पत्रमा जोशी बाहेकका ७ जनाको नाम उल्लेख गरिएको स्रोतको भनाइ छ ।

उनीहरूको केहीबेरमा शपथ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?