+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘वित्तीय क्षेत्रको आत्मविश्वास घट्न नदिने खालको मौद्रिक नीति चाहिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:१०

११ असार, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिमूलक संस्थाले आगामी मौद्रिक नीतिमा वित्तीय क्षेत्रको आत्मविश्वास घट्न नदिने गरी नीति तर्जुमा गरिनुपर्ने बताएका छन् ।

नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले निर्माण क्षेत्र अहिले सबैभन्दा समस्यामा रहेको र यसलाई समर्थन हुने गरी मौद्रिक नीति आउनुपर्ने बताए । उनले साना उद्योगलाई कोभिडका बेला समर्थन भए पनि अहिले सहयोग नभएको गुनासो गरे । ‘यसलाई सपोर्ट गर्न सके उनीहरू मार्फत छिटो पुनरुत्थानमा जान सक्छौं,’ नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा केसीले भने, ‘बैंकहरूको एनपीए बढेको छ । यसका पछाडि धेरै कारण छन् । सहकारीको समस्या पनि यसमा जोडिन्छ । बैंकिङलाइ नर्भस गराउन भन्दा यसलाइ हेर्ने दृष्टिकोणमा सुधार आवश्यक छ । बैंकिङ क्षेत्र भोलि समस्यामा गयो भने त्यो दिन नेपालको अर्थतन्त्र साँच्चिकै समस्यामा पर्छ । यसमा गम्भीर भएर मौद्रिक नीति ल्याउनुपर्छ ।’

त्यसैगरी बैंक तथा वित्तीय संस्था परिसंघ कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले हिजोका दिनमा तोकिएको ठाउँभन्दा अन्त लगानी भए पनि त्यसलाई सच्याउनुपर्ने बताए ।

त्यसका लागि मौद्रिक नीति मात्र पर्याप्त नहुने भन्दै उनले अन्य नीतिहरूमा समेत सुधार गर्नुपर्ने सुझाव दिए । ‘वित्तीय क्षेत्रमा सुधार गर्दै आत्मविश्वास घट्न नदिनु मौद्रिक नीतिको दायित्व हो,’ उपाध्यायले भने, ‘सुधारलाइ एकैपटक गरौं भनेर नलागौं, क्रमिक सुधारका उपायमा लागौं ।’

उनले ऋण जग्गा र सेयरमा गए पनि त्यसमा सुधार आवश्ययक रहेको बताए । ‘तर, सुधार एकैपटक सम्भव छैन, त्यसो गर्न खोजियो भने असर नकारात्मक पर्छ,’ उनले भने, ‘आगामी दिनमा इक्विटीभन्दा रिजर्भमा फोकस गरेर नीति आउन सके भोलिका दिनमा आज जस्तो समस्या दोहोरिने छैन ।’

उनले पछिल्लो पटक बैंकमा पर्याप्त तरलता भए पनि लगानी हुन नसकेको बताए । ‘यसमा मनन गरेर नीति आउने अपेक्षा छ,’ उनले भने, ‘अस्थिर नीतिले लगानीकर्ताको आत्मविश्वासमा असर गर्छ । बैंकिङ क्षेत्रलाइ पनि असर गर्छ, यसमा गम्भीर बनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?