+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिलन चाम्सको ‘वर एण्ड वधू’ भदौ १४ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:४१

काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड वधू’ को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी भदौ १४ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यको शीर्ष भूमिका छ । विवेकको यो डेब्यु फिल्म हो । फिल्ममा गरिमा शर्मा, बिजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अन्शु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, शूरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायत कलाकारको पनि मुख्य भूमिका छ ।

फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा सुदीप बरालको छायांकन र हिमाल केसीको एक्सन छ ।

फिल्म ‘वर एण्ड वधू’ ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो । फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?