+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नेविसंघसहित १० वटा भ्रातृ संस्थाहरूको म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १५:२०

१९ असार, काठमाडौं। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो।

कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन गर्ने; नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघ रहेका छन् । ती भातृ संस्थाहरुको म्याद १५ असारमा सकिएको थियो

साथै निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?