
१४ साउन, काठमाडौं । सेयर लगानीकर्ताको सम्पत्ति मूल्य एक महिनामै १० खर्ब रुपैयाँ बढेको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै धितोपत्रको मूल्य एक महिनामा १० खर्ब रुपैयाँ बढेको हो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार असार १० गते सूचीकृत सबै सेयरको कुल मूल्य (पूँजीकृत रकम) ३२ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा हाल यो ४२ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । २०७८ भदौ २ गते पूँजीकृत रकम हालसम्मकै उच्च ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । सोही दिन नेप्से परिसूचक पनि हालसम्मकै उच्च ३१९८ अंकमा थियो ।
बजारमा सूचीकृत धितोपत्रको मूल्य बढ्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्य बढ्दै जान्छ । मुख्यतः वाणिज्य बैंकहरुको मूल्य बढ्दा पूँजीकृत रकममा ठूलो योगदान पुग्ने गर्दछ । पूँजीकरणका आधारमा ठूला १० कम्पनीमा धेरैजसो वाणिज्य बैंक छन् ।
यी हुन् पूँजीकरणका आधारमा ठूला १० कम्पनी
कम्पनी | पूँजीकृत रकम |
नेपाल टेलिकम | १ खर्ब ७४ अर्ब |
नबिल बैंक | १ खर्ब ७१ अर्ब |
नागरिक लगानी कोष | १ खर्ब ३२ अर्ब |
नेपाल रिइन्स्योरेन्स | १ खर्ब ५ अर्ब |
ग्लोबल आईएमई बैंक | ९३ अर्ब ३९ करोड |
एनआईसी एसिया बैंक | ८२ अर्ब ३४ करोड |
इन्भेस्टमेन्ट मेगा बैंक | ८२ अर्ब २१ करोड |
एभरेस्ट बैंक | ७९ अर्ब ८४ करोड |
हिमालयन रिइन्स्योरेन्स | ६९ अर्ब ६८ करोड |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4