+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
49/2 (6.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

यी हुन् सबैभन्दा धेरै स्मार्टफोन प्रयोगकर्ता भएका विश्वका शीर्ष १० मुलुक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १३:५५

स्मार्टफोन अहिले हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । विकसित विश्वमा त स्मार्टफोन सर्वव्यापी बन्न पुगेको छ र त्यहाँका झण्डै सबै मानिसको हातमा स्मार्टफोन हुन्छ ।

तथ्यांक अनुसार विश्वका सबैभन्दा विकसित १० वटा देशमा करीब तीन चौथाई जनताको साथमा स्मार्टफोन हुन्छ।

अहिले विश्वमा प्रयोगमा रहेका मोबाइल फोनमध्ये करिब ९० प्रतिशत स्मार्टफोन छन् ।

सन् २०२४ को पहिलो त्रैमासिकमा विश्वको स्मार्टफोन बजार ७.८ प्रतिशतले विस्तार भएको छ ।

हाल विश्वमा स्मार्टफोनको संख्या ७ अर्ब २० करोड छ र यो संख्या आगामी दिनमा झनै बढ्ने प्रक्षेपण छ । विश्वको कुल जनसंख्या ८ अर्ब नाघेको अवस्थामा स्मार्टफोनको संख्या जनसंख्याको ९० प्रतिशतभन्दा धेरै पुगेको छ ।

यसको अर्थ विश्वका ९० प्रतिशत मानिसले स्मार्टफोन प्रयोग गरिरहेका छन् भन्ने होइन । विश्वमा ८० प्रतिशत भन्दा धेरै जनसंख्याले स्मार्टफोन प्रयोग गरिरहेको केवल एउटा मात्रै देश छ, जर्मनी ।

त्यसैले यसले के देखाउँछ भने विश्वमा अहिले पनि २०-२५ प्रतिशत जनसंख्याले स्मार्टफोन चलाउँदैनन् । यसको अर्थ विश्वमा धेरै मानिसहरुले एकभन्दा धेरै स्मार्टफोन चलाउँछन् । साथै विभिन्न व्यवसायिक कम्पनीहरुको स्वामित्वमा हजारौं स्मार्टफोन रहेका छन् ।

तथ्यांक अनुसार विश्वमा सर्वाधिक स्मार्टफोन प्रयोगकर्ता रहेका शीर्ष १० वटा देशमा गरी कुल ७ करोड स्मार्टफोन प्रयोगकर्ता छन् । जुन निम्नानुसार रहेको छ ।

सि.नं देश स्मार्टफोन प्रयोगकर्ताको संख्या कुल जनसंख्या स्मार्टफोन प्रयोगकर्ताको अनुपात
चीन ९७ करोड ४६ लाख ९० हजार १ अर्ब ४३ करोड ६८.४ प्रतिशत
भारत ६५ करोड ९० लाख १ अर्ब ४४ करोड ४५.७६प्रतिशत
अमेरिका २७ करोड ६१ लाख ४० हजार ३३ करोड ८२  लाख ९० हजार ८१.६ प्रतिशत
इण्डोनेसिया १८ करोड ७७ लाख २७ करोड ५५ लाख ६८.१ प्रतिशत
ब्राजिल १४ करोड ३४ लाख ३० हजार २१ करोड ५३ लाख १० हजार ६६.६प्रतिशत
रुस १० करोड ६४ लाख ४० हजार १४ करोड ४७ लाख १० हजार ७३.६प्रतिशत
जापान ९ करोड ७४ लाख ४० हजार १२ करोड ३९ लाख ५० हजार ७८.६प्रतिशत
नाइजेरिया ८करोड ३३ लाख ४० हजार २१ करोड ८५ लाख ४० हजार ३८.१ प्रतिशत
मेक्सिको ७ करोड ८३ लाख ७० हजार १२ करोड ७५ लाख ६१.५ प्रतिशत
१० पाकिस्तान ७ करोड २९ लाख ९० हजार २३ करोड ५८ लाख २० हजार ३१ प्रतिशत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?