२२ साउन, काठमाडौं । सुनको भाउ तोलामा १४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७१० मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4