 
																			२८ साउन, काठमाडौं । सोमबार सेयर बजारमा कुल २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन कारोबार रकम अहिलेसम्मकै उच्च हो । यस कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.८ प्रतिशत हो ।
यस दिन टप १० ब्रोकर कम्पनीमार्फत ९ अर्ब ४४ करोडको खरिद हुँदा ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीमध्ये ५ को खरिद धेरै छ भने ५ को बिक्री धेरै छ । इम्पेरियल, डायनामिक, सनी, आर्यतारा र अग्रवालमार्फत खरिद धेरै भएको छ । त्यस्तै नासा, अनलाइन, भिजन, दिपशिखा, र एबीसी सेक्युरिटीमार्फत बिक्री धेरै भएको छ ।
यस दिन तीन ब्रोकर कम्पनीमार्फत १–१ अर्बमाथिको खरिद भएको छ भने तीन ब्रोकर कम्पनीमार्फत १–१ अर्बमाथिको बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4